PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

भारतीय विदेशमन्त्री स्वराज एससिओमा सहभागी हुन रुस जाने 



पहिलोपोस्ट

भारतीय विदेशमन्त्री स्वराज एससिओमा सहभागी हुन रुस जाने 
फोटो श्रोतः ndtv.com

नयाँदिल्ली :  रुसमा आयोजना हुन गइरहेको सांघाई कोअपरेशन अर्गनाइजेसन, एससिओको सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज सहभागी हुने भएकी छन्। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवेश कुमारले रुसको सुचीमा नोभेम्बर ३० र डिसेम्बार १ मा आयोजना हुन लागेको एससिओमा भारतकोतर्फबाट विदेशमन्त्री स्वराज सहभागी हुने जानकारी दिएका हुन्।त्यसअवसरमा विदेशमन्त्री स्वराजले विभिन्न देशका नेताहरुसँग भेटवार्ता पनि गर्ने बताइएको छ। 

प्रवक्ता रेभिस कुमारले भने,‘उक्त मञ्च राजनीतिक, आर्थिक, सामाजिक तथा जनस्तरको सम्बन्ध विकासमा एक महत्वपर्ण भएको अनुभव भारतको छ। त्यसैले हामी सहभागी हुन लागेका हौँ।’

भारत सन् २००५ देखि एससिओको पर्यवेक्षक राष्ट्र हो भने यसै वर्षको जुन महिनाबाट उक्त मञ्चको पूर्णकालीन सदस्य बनेको हो। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell