PahiloPost

Jun 24, 2026 | १० असार २०८३

चिनियाँ कम्पनीबाट खोसेको बुढीगण्डकी अब स्वदेशी लगानीमै बनाइने



पहिलोपोस्ट

चिनियाँ कम्पनीबाट खोसेको बुढीगण्डकी अब स्वदेशी लगानीमै बनाइने

 काठमाडौं :  सरकारले १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भएको छ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले आयोजना स्वदेशी लगानी एवं प्रविधिमा निर्माण गर्ने निर्णय गरेको हो।उपप्रधान तथा उर्जामन्त्री कमल थापाले ट्विटरमार्फत यसको जानकारी दिएका छन्।

दुई साता अघि सरकारले चिनियाँ कम्पनी गेजुवा सिजिजिसीसँगको सम्झौता रद्द गरेको थियो।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बुढीगण्डकी चीनियाँ कम्पनीलाई दिएको थियो। 

सरकारले २०७३/७४ को बजेटमा बुढीगण्डकी स्वदेशी लगानीमा बनाउने भन्दै प्रतिलिटर इन्धनमा पाँच रुपैयाँ पूर्वाधार कर लिन थालेको थियो। त्यस अनुरुप अहिलेसम्म साढे ११ अर्ब रुपैयाँ संकलन भइसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell