PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अफगान सेनाको कारबाहीमा १७ तालिबान लडाकूको मृत्यु



पहिलोपोस्ट

अफगान सेनाको कारबाहीमा १७ तालिबान लडाकूको मृत्यु
फोटो श्रोतः industantimes.com

कान्दाहार :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन्।

कान्दाहारको ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको जनाइएको छ। कारबाहीमा १२ तालिबान लडाकूको घटनास्थलमै मारिनुका साथै अन्य ६ घाइते भएका अफगानिस्तानको गृह मन्त्रालयले जानकारी दिएको छ। 

कारबाहीका क्रममा प्रहरीले तालिबानको हातहतियारसमेत कब्जा गरेको बताइएको छ। उनीहरु लुकेर बसेको आश्रयस्थलमा कारबाही भएको थियो । 

तालिबानले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैन। गतहप्तामात्र तालिबानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौं सुरक्षाकर्मीको ज्यान लिएका थिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell