
राजपूत समुदायको भावनामा प्रहार हुने तरिकाले इतिहास तोडमोड गरेको भन्ने आरोपले 'पद्मावती' फिल्म निर्माण युनिटलाई ठूलै झमेलामा पारेको छ। जसका कारण फिल्मको रिलिज टार्गेट मिट नहुने निश्चित जस्तै छ।
भारतिय जनता पार्टी र राजपूत संघठनले फिल्मले ऐतिहासिक कथा तोडमोड गर्दा राजपूतहरुको अपमान भएको बताउँदै प्रदर्शन रोक लगाउने धम्की दिएको हो। उनीहरुले फिल्म प्रदर्शन अघि इतिहासकारलाई देखाउन पर्ने बताएका थिए। तर अब इतिहासकारलाई उक्त फिल्म देखाउन नपर्ने भएको छ।
दिल्ली हाइ कोर्टले फिल्म विरुद्धको प्रस्तावलाई खारेज गरिदिएको छ। हाइ कोर्टको तर्फबाट जारी विज्ञप्तीमा फिल्मलाई सेन्सर बोर्ड लिएर जान निर्देशन दिइएको छ। एबिपी न्यूजले जनाए अनुसार- पद्मावती रिलिजको विरुद्धको प्रस्ताव निराशजनक र गलत छ। फिल्म विरुद्ध प्रदर्शन गर्नेलाई प्रोत्सहान दिन नहुने जनाइएको छ।
अदालतले इतिहासकारलाई देखाउन पर्ने प्रस्ताव राख्नेलाई प्रश्न समेत गरेको छ- के विरोध गर्नु पुर्व फिल्म हेर्नु भयो? ट्रेलरले फिल्मको पुरा कथा भन्दैन। अदालतले फिल्मलाई प्रदर्शन अनुमती दिन सेन्सर बोर्डलाई निर्देशन दिने समेत जनाएको छ।