PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

कास्की ३ का वाम गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रः सुरुङमार्ग र केबुलकार सञ्चालन प्राथमिकतामा



नरहरि पौड्याल

कास्की ३ का वाम गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रः सुरुङमार्ग र केबुलकार सञ्चालन प्राथमिकतामा

पोखरा :  कास्की क्षेत्र नम्वर ३ का वाम गठबन्धनका उम्मेदवारले सामूहिक प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। 

आफूहरु निर्वाचित भएको अवस्थामा जिल्लामा वाम गठबन्धनकातर्फबाट पाँच वर्षको अवधिमा सम्पन्न गर्ने योजनाको सामूहिक प्रतिवद्धता उनीहरुले सार्वजनिक गरेका हुन्।

वाम गठबन्धनमा आबद्ध दलका उम्मेदवारले कास्की क्षेत्र नं तीनमा पर्यटन, कृषि सडक र युवा उद्यमशीलतालाई प्राथमिकता दिँदै सामाजिक रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरिएका हुन्।

जिल्लाका ग्रामिण क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वच्छ पिउने पानीलाई प्राथमिकतामा राखिएको छ। 

प्राकृतिक स्रोत र साधन संरक्षण गर्दै पर्यटकीय केन्द्र बनाउने एजेन्डा प्रतिवद्धतापत्रमा उल्लेख छ।प्रतिवद्धतापत्रमा पोखराको फेवाताल, लेकसाइड, सराङ्कोट, कास्कीकोट, घान्द्रुक, लान्द्रुक, धम्पुस, लुम्ले, पञ्चासेलगायतका अन्य पर्यटकीय क्षेत्रको विकास र समृद्धिमा विशेष पहल गरिने उल्लेख गरिएको छ।

प्रत्येक गाउँ, वडा र टोल जोड्ने सडक निर्माण गर्नुका साथै कच्ची सडकहरु स्तरोन्नति गर्दै चक्रपथ निर्माणको नीति लिइएको छ। सम्भाव्यताको आधारमा सुरुङमार्ग, केबुलकार सञ्चालन प्राथमिकतामा परेको छ। 

फेवातालको सिरानमा खहरेखोलामा पक्की पुल तथा झोलुंगे पुल निर्माण गर्दै पञ्चासे संरक्षण क्षेत्रको योजना बनाइने वाम गठबन्धनको प्रतिवद्धता छ। 

यसमा पोखरा जोमसोम कोरला हुँदै चीन जोड्ने, पोखरा भिमाद कावासोती, भैसालोटन हुँदै भारत जोड्ने प्रदेश नं ४ को राष्ट्रिय राजमार्ग निर्माणमा जोेड दिइएको छ। 

कास्की क्षेत्र नं ३ बाम गठबन्धनका साझा उम्मेदवार जगत विश्वकर्माले मुलुकको विकासका लागि स्थायी सरकारको नेतृत्व र भूमिका वाम गठबन्धनले गर्नु अपरिहार्य रहेको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell