
काठमाडौ : निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ सय १० नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निर्वाचन प्रकृया सुरु भएदेखि शुक्रवार बिहानसम्म ४ सय १० जनालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले जानकारी दिए।
त्यस्तै चुनावी गतिविधिमा अवरोध गर्ने र विष्फोटक पदार्थसहित अन्य १ सय ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उम्मेदवार आक्रमणका घटना बढेपछि सुरक्षा निकायले नेकपाका कार्यकर्तामाथि निगरानी बढाएको छ।
आक्रमणमा उनीहरुको संलग्नता भएको निष्कर्ष निकाल्दै सरकारले सुरक्षा निकायलाई नेकपाका नेता कार्यकर्तामाथि कडाई गर्न निर्देशन दिएको थियो।