PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना 



पहिलोपोस्ट

निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना 

काठमाडौं :  राजधानीको ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेस नेता विमलेन्द्र निधिसँग भेट गरी नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।  

शुक्रबार दिउँसो अस्पताल पुगेका राजदूत पुरीले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। राजदूत पुरी बिबाह पञ्चमीका अवसरमा जनकपुरमा आयोजित राम–जानकी बिबाह महोत्सवमा सहभागी भएर काठमाडौं फर्कने क्रममा विमानस्थलबाट सिधै ओम अस्पताल पुगेका थिए। 
कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले हेरिरहेको छ। चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन्। 

धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए।  त्यसक्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उनी गत सोमबार राजधानी आएका थिए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell