
काठमाडौं : लोकसेवा आयोगले आफ्नो ५८ औं वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।
राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगबाट आर्थिक वर्ष २०७३/०७४ मा सम्पादन गरिएका कार्यहरु तथा सुझाव समावेश गरिएको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्।