PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सिरहामा वाम गठबन्धनको चुनावी क्याम्पमा बम विष्फोट, गोइतले लिए जिम्मेवारी



पहिलोपोस्ट

सिरहामा वाम गठबन्धनको चुनावी क्याम्पमा बम विष्फोट, गोइतले लिए जिम्मेवारी

काठमाडौं :   सिरहाको मिर्चैयामा वाम गठबन्धनका उम्मेदवार एवम् पूर्वमन्त्री अजय शंकर नायकको चुनावी क्याम्पमा आज कुकर बम विष्फोट भएको छ।

विष्फोटबाट कुनै मानवीय क्षति नभए पनि स्थानीयवासी त्रसित भएका छन्।विष्फोटको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाले लिएको छ। जयकृष्ण गोइत नेतृत्वको मोर्चाले निर्वाचनको विरोधमा बम विष्फोट गराएको जनाएको छ।

गोइतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा सहभागीहरुको सशस्त्र प्रतिरोध गर्नु बाहेक हम्रो निम्ति अर्को विकल्प छैन। यसै क्रममा आज ८ मंसीर २०७४ शुक्रवार अरान्ह करिव ४ बजे सिरहा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ का प्रत्यासी अजय शंकर नायकको थानाचोक मिर्चैयास्थित चुनावी प्रचार कार्यालयमा प्रेसर कुकर बम कारबाही स्वरुप विष्फोट गराउन हाम्रो फौजी दस्ता सफल भएको छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell