
सोल : अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना ६ वटा लडाकू जहाज दिने भएको छ।
ती जेट विमान अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासका लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाईटिएन’ ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृतगर्दै जानकारी दिएको छ।
दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिविरबाट कडेना एयर शिविर हुँदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ। रासस/सिन्ह्वा