PahiloPost

Jun 24, 2026 | १० असार २०८३

इजिप्टमा विद्रोहीको हमलामा १८० भन्दा बढीको मृत्यु



पहिलोपोस्ट

इजिप्टमा विद्रोहीको हमलामा १८० भन्दा बढीको मृत्यु

बीबीसी : इजिप्टको साइनाइ प्रायद्वीपस्थित एक मस्जिदमा विद्रोहीहरुले गरेको  गरिएको आक्रमणमा कम्तीमा १८० जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन्।

बन्दूकधारीहरुले उत्तरी गाउँ अल रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएका थिए। घाइतेको उद्दारका लागि आएका एम्बुलेन्सहरुमाथि पनि विद्रोहीहरुले गोली हानेका थिए।

स्थानीयका अनुसार आक्रमणकारीहरुले उक्त मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको थिए। घटनापछि सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

साइनाइमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ। त्यहाँ सेनाले इस्लामिक स्टेट विद्रोही समूहप्रति बफादार समूहसँग लड्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell