धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गरेका छन्।
धनगढीमा शुक्रबार वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिरता टुंग्याई देशको विकास गर्न एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण गर्न लागिएको स्पष्ट पारे।
विभिन्न जातजाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष ओलीले भने, “जातीय क्षेत्रीय रुपमा विभिन्न समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा अब नेपाली जनता फस्नेवाला छैनन्।”
ओलीले चुनावका बेला सुरक्षाकर्मी र कर्मचारीले निष्पक्ष व्यवहार देखाउनुपर्ने बताए।रासस