PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

झापामा एमाले अध्यक्ष केपी ओलीको घरमा बम विष्फोट



पहिलोपोस्ट

झापामा एमाले अध्यक्ष केपी ओलीको घरमा बम विष्फोट

झापा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ । 

दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। 

मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नम्बरको बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell