PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

क्रिष्टिना र सजन 'झ्यानाकुटी’ फोटो कन्टेस्टको विनर



पहिलोपोस्ट

क्रिष्टिना र सजन 'झ्यानाकुटी’ फोटो कन्टेस्टको विनर
फोटो : विवेक बस्याल

काठमाडौं : क्रिष्टिना अधिकारी र सजन ढकाल फिल्म 'झ्यानाकुटी’ फोटो कन्टेस्टको विनर बनेका छन्।

प्रिती चाउचाउसंगको सहकार्यमा फिल्म युनिटले प्रदर्शन अगाडी उक्त कन्टेस्ट सार्वजनिक गरेको थियो। विजेताजोडी क्रिष्टिना अधिकारी र सजन ढकाललाई नगद ५१ हजार हस्तान्तरण गरेको छ।

राजधानीमा शुक्रबार देखि नै संचालनमा ल्याइएको केकेएफसीमा झ्यानाकुटी टीमले विनर घोषणा गरेको हो। नोभेम्बर ४ मा क्रिष्टिनाले फेसबुकमा सजनलाई बोकेको तस्वीर पोष्ट गरेकी थिइन्। उनको तस्वीरमा १२ सय भन्दा बढी लाइक प्राप्त भएको थियो भने ’झ्यानाकुटी फोटो कन्टेस्ट’ का लागि राखिएको सम्पूर्ण शर्त पुरा भएको निर्माण टीमले जनाएको छ।

फिल्मका नायक सौगात मल्ल, नायिका बेनिशा हमाल, निर्देशक सिमोश सुनुवार र लेखक प्रदीप भारद्वाजसंगै केकेएफसी संचालक चन्दन शाहले नगद ५१ हजारको चेक विजेतालाई हस्तान्तर गरेका थिए।

कन्टेस्टकी विजेता क्रिष्टिना अधिकारीले निशाको फेसबुकमार्फत यसको जानकारी पाएको र श्रीमानसँग कुरा गरेर फोटो क्लिक गरेको बताइन्। 'सुरुमा कस्तो कस्तो लागेको थियो तर फेसबुकमा अपलोड गरिसकेपछी आएको कमेन्टसले पनि खुसि नै बनायो। पछी आफ्नै तस्विरले पुरस्कार जितेको थाहा पाउदा अत्यन्तै खुशी लागेको छ।'

फिल्मका निर्देशक सिमोश सुनुवारले बोक्ने र बोकिने दुवैको मुहारमा मुस्कान देखिने भएकै कारण यस कन्टेस्ट ल्याएको बताए।

दोस्रो सातामा प्रदर्शन भइरहेको फिल्मले पहलो सातामै लगानी सुरक्षित गरिसकेको सिमोशले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell