PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बाँकेमा निर्वाचन सुरक्षा तयारी : दश मिनेटमै थप सुरक्षा बल



पहिलोपोस्ट

बाँकेमा निर्वाचन सुरक्षा तयारी :  दश मिनेटमै थप सुरक्षा बल

बाँके :  मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ। 

जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ। बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारण गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले जानकारी दिए। 

संवेदनशील मानिएका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने सुरक्षा तयारी पूरा भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell