PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

उद्योगपति चौधरीले भने– लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छ



पहिलोपोस्ट

उद्योगपति चौधरीले भने– लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छ

धनगढी : उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताएका छन्। 

नेपाल प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवारसमेत रहेका चौधरीले लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध रहेको बताए। 

विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरु ७ नम्बर प्रदेशमा रहेको भएपनि अहिलेसम्म यो क्षेत्र विकासबाट पछि परेको चौधरीले बताए। 
उनले भने,‘सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी छ।’रासस 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell