PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

विदेशी लगानीलाई प्रोत्साहन गर्ने जिम्बावेका नवनियुक्त राष्ट्रपति मनाङगाग्वाको प्रतिवद्धता



पहिलोपोस्ट

विदेशी लगानीलाई प्रोत्साहन गर्ने जिम्बावेका नवनियुक्त राष्ट्रपति मनाङगाग्वाको प्रतिवद्धता
फोटो श्रोतः AP

हरारे :  शुक्रबार मात्रै जिम्बाब्वेको नयाँ राष्ट्रपतिका रूपमा सपथ लिएका एमर्सन मनाङगाग्वाले आफ्नो नेतृत्वको सरकारले जिम्बाब्वेमा विदेशी लगानीलाई सुरक्षित गर्ने प्रतिवद्धता जनाएका छन्। 

मनाङगाग्वाले राष्ट्रपतिका रूपमा नेतृत्व सम्हालेपछि सम्बोधन गर्दैै विदेशी लगानीलाई प्रोत्साहन गरिने बताए। उनले भने,‘विश्वव्यापिकरणले कुनै राष्ट्रलाई विश्वका गतिविधिबाट टाढा राख्दै भिन्न देखाउनुहुन्न र सक्दैन पनि। जिम्बाब्वेमा सबै विदेशी लगानीलाई प्रोत्साहन गरिनेछ र सुरक्षित गरिनेछ ।’

जिम्बाब्वेमा ९३ वर्षीय पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको हातबाट शासनसत्ता सेनाले हात लिएपछि मुगाबेले पदबाट राजीनामा दिनुपर्ने अन्तर्राष्ट्रिय समुदाय, दलभित्र तथा नागरिक समाजबाट समेत दवाव सिर्जना भएको थियो। मुगाबेले मङगलबार राजीनामा दिएका थिए। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell