PahiloPost

May 14, 2024 | १ जेठ २०८१

प्रधानमन्त्रीको प्रश्न : विश्वमा कहीँ नभएको कम्युनिष्ट शासन नेपालमा कसरी टिक्छ ?



चन्द्रकान्त खनाल

प्रधानमन्त्रीको प्रश्न :  विश्वमा कहीँ नभएको कम्युनिष्ट शासन नेपालमा कसरी टिक्छ ?

बुटवल :   प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा  कहीँ नभएको  कम्युनिष्ट शासन नेपालमा  टिक्न नसक्ने बताएका छन्। 

नवलपरासीको सुनवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली जनताले लोकतन्त्र कि तानाशाह रोज्ने भन्ने फैसला गर्ने बेला आएको बताए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट गठबन्धन राष्ट्रका लागि अनिष्टकारी भएको बताए। पौडेलले कांग्रेस समस्या समाधान गर्ने तर कम्युनिष्टहरु समस्या जन्माउने पार्टी भएको आरोप लगाए । 

पौडेलले नेपाललाई कम्युनिजम स्वीकार्य नभएको भन्दै गठबन्धनको भविष्यसमेत नरहेको जिकिर गरे। उनले भने,‘कम्युनिष्ट गठबन्धनको सपना धरासायी हुन्छ, ध्वस्त हुनेवाला छ ।’ 

संसदीय लोकतन्त्रको बिकल्प कसैले खोज्न नसक्ने भन्दै पौडेलले राजा महेन्द्र, प्रचण्डहरु लोकतन्त्रको बिकल्प खोज्दा असफल भएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell