PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ



पहिलोपोस्ट

लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं :  प्रहरीले लागूऔषधसहित रामेछापको मन्थलीका विनोद खत्रीलाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले खत्रीलाई काठमाडौंको कागेश्वरी मनहराबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट ३८६ थान एम्पुल बरामद गरेको छ।

त्यसैगरी, प्रहरीले झापा गौरादहका प्रदीप बराईलीलाई २७३ थान एम्पुलसहित तार्केश्वरबाट पक्राउ गरेको छ। उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell