PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रचण्डको चुनावी अभियानमा प्रकाश पुत्र प्रसिद्ध



राजेन्द्र आचार्य

प्रचण्डको चुनावी अभियानमा प्रकाश पुत्र प्रसिद्ध

चितवन :  अघिपछि सधैँ साथमा रहने पुत्र प्रकाशको निधनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नाति प्रसिद्धलाई साथमा लिएर हिंड्न थालेका छन्।

चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका प्रचण्डले बुहारी सिर्जना त्रिपाठीका छोरा प्रसिद्धलाई साथमा लिएर हिंडेका छन्।

प्रचण्डको अघिपछि देखिने प्रकाशको ठाउँमा छोरा प्रसिद्ध देखिंँदा प्रचण्डको मुहारमासमेत केही प्रफुल्ल र हसिलो देखिएको छ।

सिर्जना पनि राजनीतिमा सक्रिया कार्यकर्ता हुन्। ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन्। केही दिन पछि सिर्जना पनि चितवन चुनावी प्रचारमा आउने पार्टीले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell