PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

'सेल्फी क्विन'मार्फत सांगीतिक क्षेत्रमा अनिल सिंहको पुनरागमन



पहिलोपोस्ट

'सेल्फी क्विन'मार्फत सांगीतिक क्षेत्रमा अनिल सिंहको पुनरागमन

काठमाडौं : केहि समय नेपाली सांगीतिक दुनियाबाट टाढिएका गायक तथा कम्पोजर अनिल सिंह आफ्नो नयाँ गीतमार्फत फेरी सक्रिय भएका छन्।

आफ्नै एल्बम समेत ल्याउने तयारीमा रहेका अनिलको सोलो कम्पोजमा 'फलो मि एल्बम' तयार भएको छ। उक्त एल्बममा सावेश गीत 'सेल्फी क्विन'मा गायक अनिलललाई रविना थापाले साथ दिएकी छिन्। यसमा सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईको एकल शब्द रहेको छ।

गीतको भिडियोमा रविनासंगै सन्दीप क्षेत्री, सुशील नेपाल र राजेश थापा फिचरिङ छन्। गीतमा सेल्फीले बढाउने बढाउने लोकप्रियतालाई देखाइएको छ।

'कम्पोजरको हिसाबले निकै खुशी छु, दर्शक तथा श्रोताले मेरो कम्पोजलाई रुचाउनुभएको छ' अनिल भन्छन 'अब संगीतमै फोकस भएको छु, मेरो सोलो एल्बल पनि चाँडै आउँदैछ।’

यता पहिलो गीतले पाएको प्रतिक्रियाले उत्साहित बनेकी  गायिका रविनाले अब संगीतलाई निरन्तरता दिन थप हौसला मिलेको बताइन्।

गीतकार नरेश भट्टराईले सेल्फीको आकर्षणलाई गीतमा चित्रण गर्न खोजेको र मेलोडी अनुसारकै शब्द मार्फत प्रेमभावलाई व्यक्त गर्ने प्रयास गरिएको बताए।

सुरेन बसेलको कोरियोग्राफी रहेको उक्त भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सुव्रत आचार्यले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell