PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

अब नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत : ओली 



पहिलोपोस्ट

अब नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत :  ओली 

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार गठन हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताएका छन्। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अब नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत, सुविधा उपलब्ध गराउने बताए। 

ओलीले लोकतन्त्रका माध्यमबाट सबै नेपालीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने बताए। नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले वाम गठबन्धन कसैका विरुद्ध नभई सरकारको स्थायित्व र मुलुकको आर्थिक समृद्धिका लागि भएको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell