PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ओलीले भने–वाम गठबन्धनलाई जिताउनुस्, काठमाडौं–पोखरा रेल गुडाउँछौं



नरहरि पौड्याल

ओलीले भने–वाम गठबन्धनलाई जिताउनुस्, काठमाडौं–पोखरा रेल गुडाउँछौं

पोखरा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनलाई जिताए काठमाडांैदेखि पोखरासम्म रेल गुडाउने बताएका छन्।

पोखरामा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी सरकार वाम गठबन्धनको हुने जिकिर गरे। अध्यक्ष ओलीले कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नै पर्ने बताए। 

स्थानीय तह निर्वाचनमा एमाले एक्लैले महानगर जितेको उल्लेख गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिलेपछि जिल्लाका नौ वटै सिट नै जित्नेमा कुनै शंका छैन, हामीले कास्कीबाट नौ का नौ सिट जित्नै पर्छ।’ 

ओलीले आफू प्रधानमन्त्री हुँदा नेपाल भारत बीचको बिग्रिएको सम्बन्धलाई सुमधुर बनाएको दाबी गरे।अध्यक्ष ओलीले कांग्रेस पहिलेको जस्तो सच्चा देशभक्त र राष्ट्रवादी नरहेको आरोप लगाए।

उनले चीनतर्फका नाका जोड्ने र स्तरोन्नतिका काम तिब्र गतिमा आगाडि बढेको भन्दै अब नेपालमा नाकाबन्दी सम्भव नहुने बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell