
कतारका हाइजम्प खेलाडी मुस्ताज एसा बार्सिम र बेल्जियमकी हेप्टाथलन खेलाडी नफिसातोउ थिएम एथ्लेट अफ दी इअर घोषित भएका छन्। इन्टरनेशनल एसोसिएसन अफ एथ्लेटक्स फेडेरेसन (आइएएएफ)ले मोनाकोमा आयोजना गरेको अवार्ड समारोहमा मुस्ताज पुरुष तथा थिएम महिलातर्फ उत्कृष्ट घोषित भए।
२६ वर्षीय मस्ताज बर्सिमले २०१७ मा ११ प्रतियोगिता अपराजित रहेका थिए। उनले वर्ल्ड च्याम्पियन र डायमण्ड लिगमा गोल्ड मेडल जितेका थिए। उनले २०१७ मा २.४० मिटर जम्प गरेको थिए।
यस्तै बेल्जियन खेलाडी थिएमले लण्डनमा भएको वर्ल्ड च्याम्पियनसिपमा ६ हजार ७८४ अंक स्कोर गर्दै टाइटल जितेकी थिइन्।
यसैगरी कार्स्टन वारलहोमले पुरुष राइजिङ स्टार, युलिमर रोजासले महिला राइजिङ स्टारको अवार्ड पाए।
वर्ल्ड फास्टेस्ट म्यानको उपनाम पाएका जमैकन स्प्रिन्टर उसेन बोल्टलाई प्रेसिडेन्ट अवार्ड प्रदान गरियो। यसबाहेक कोचिङ अचिभमेन्टको अवार्ड अन्न बोथा तथा फिमेल इन एथ्लेटिक्सको अवार्ड चेरी अलेक्जान्डरले पाए।