PahiloPost

Jun 24, 2026 | १० असार २०८३

हवाई कारबाहीमा अफगानिस्तानमा १३ आइएस लडाकूको मृत्यु



पहिलोपोस्ट

हवाई कारबाहीमा अफगानिस्तानमा १३ आइएस लडाकूको मृत्यु

अफगानिस्तान :  अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा हसाक मिना जिल्लामा भएको हवाई कारबाहीमा इस्लामिक स्टेट्सका १३ लडाकू मारिएका छन्। 

शुक्रबार साँझ हसाक मिना जिल्लाको गगारी क्षेत्रमा भएको हवाई कारबाहीमा १३ आइएस लडाकू मारिएका प्रान्तीय गभर्नर आताउल्लाह ओगयानीले जानकरी दिए। 

कारबाहीका क्रममा सर्वसाधारण नागरिकको भने कुनै हताहती नभएको बताइएको छ। यस विषयमा आइएसले हालसम्म भने कुनै प्रतिक्रिया दिएको छैन।रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell