PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फोटोमा हेर्नुस् यसरी भइरहेको छ भोलि हुने मतदानको तयारी



नेत्र तामाङ

फोटोमा हेर्नुस् यसरी भइरहेको छ भोलि हुने मतदानको तयारी

चौतारा : आइतबार बिहान ७ बजेदेखि देशका ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका लागि मतदान हुँदैछ। मतदानका लागि मतदान केन्द्रहरुमा आज तयारी हुँदैछ। 

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकास्थित वडा नम्बर ४ को मतदानस्थलमा मतदाताहरु लाइन लाग्नका लागि डोरी टाँग्ने, मत संकेत गर्ने गोप्य ठाउँ बनाउने काम भइरहेको छ। 

मतदाताले सुरुमा प्रतिनिधि सभा सदस्य चुन्नका लागि हरियो रङको मतपत्र  पाउने छन्। त्यसमा छाप लगाएर मतपेटिकामा खसाइसकेपछि अर्को कालो रंगको मतपत्र पाउने छन् जसमा प्रदेश सभा सदस्यका लागि मतदान गर्नुपर्नेछ। यो मतपत्र मतपेटिकामा खसाइसकेपछि रातो रंगको अर्को मतपत्र पाइनेछ। यो मतपत्रमा माथिल्लो खण्डमा प्रतिनिधि सभाका लागि र तल्लो खण्डमा प्रदेश सभाका लागि समानुपातिक सदस्यका लागि मतदान गर्नुपर्नेछ। 

भोलि मतदान हुने ३२ जिल्लामा सार्वजनिक विदा दिइएको छ र ती जिल्लामा अत्यावश्यक बाहेक सवारी साधन चलाउन रोक लगाइएको छ। गृह मन्त्रालयले यी जिल्ला भएर अरु जिल्लामा जाने सवारी साधनलाई शनिबार मध्यरात अगावै गन्तव्यमा पुगिसक्ने व्यवस्था मिलाउन आह्वान गरेको छ। 

भोलि मतदान नहुने जिल्लामा भने सार्वजनिक विदा हुने छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell