PahiloPost

May 14, 2024 | १ जेठ २०८१

जनकपुरमा ‘टक्ला’ साम्राज्य कायमै, महतोको विरोधमा प्रदर्शन



बीपी साह

जनकपुरमा ‘टक्ला’ साम्राज्य कायमै, महतोको विरोधमा प्रदर्शन

जनकपुरधाम : धनुषा जिल्लाको जनकपुरधाम क्षेत्रबाट लगातार दुई पटक सांसद निर्वाचित संजय साह ‘टक्ला’ले निर्वाचनमा हस्तक्षेपकारी भूमिका खेल्न थालेका छन्।

जनकपुरधाम बम काण्डमा मुछिएर पुर्पक्षका लागि कारागारमा रहेका साह शुक्रबार सिरहा जेलमा पुर्‍याइनु र जनकपुरको राजनीतिमा फरक दृश्यहरु देखिनु संयोगमात्र होइन। काठमाडौंस्थित डिल्लीबजार जेलबाट उनलाई सिरहा जेल चलान गरिएको हो। चुनावअगाडि नै उनको जेल स्थानान्तरणलाई महत्वका साथ हेरिएको छ।
 
उनी सिरहा जेल पुगेको भोलिपल्टै जनकपुरधामको निर्वाचनको माहोलमा परिवर्तन देखियो। उनका समर्थकहरुले जनकपुरधामको चोक चोकमा राजपाका नेता राजेन्द्र महतोको विरोधमा प्रदर्शन थालेका छन्। संजय साहको नाममा विभिन्न ब्यानर तथा पोष्टरहरु प्रदर्शन गरेका छन्।

साहले चुनाव जित्दै आएको उक्त क्षेत्रबाट साहको सहमतिविना महतो चुनावमा उठ्न गएपछि यी दुईबीच सम्बन्ध बिग्रिएको हो। महतोले नै साहको राजनीति समाप्त पार्न र उक्त निर्वाचन क्षेत्र हत्याउन विभिन्न षड्यन्त्र गरेको सञ्जय पक्षको आरोप छ।
 
चुनावी माहोलमा शनिबार रोचक घटनाहरु भए। २०६४ र २०७० को निर्वाचनमा साहको घर रहेको क्षेत्रमा कुनै पनि पार्टीले चुनाव प्रचारप्रसार अभियान कार्यालयसमेत राख्न सकेका थिएनन्। कुनै पार्टीले सभासमेत गर्न सकेका थिएनन्। 

भानु चोकदेखि कदम चोक, मुरली चोकदेखि कदम चोक क्षेत्रमा कुनै दलले सभा गर्न नसके पनि राजपाले यसपटक चुनावी क्याम्प राखेको थियो। स्थानीयबासीले शनिबार त्यो क्याम्प हटाएका छन्। राजपाको प्रचारप्रसार सामाग्रीमा आगो लगाएका छन् भने त्यस क्याम्पमा साह समर्थक कार्यकर्ताहरु बस्न थालेका छन्।

सिरहा जेलमा रहेका साहलाई भेट्न नेता तथा कार्यकर्ता प्रत्येक दिन सिरहा जेल पुग्दैछन्। 

यता शनिबार जनकपुरधामको मुरली चोकमा विरोध सभा गर्दै गरेका साहका समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुरली चौकबाट साहका समर्थक नविन यादव, इन्द्रेश झा, नविन यादव, पंकज साह, धीरज साह, मुन्जय राउत र उपेन्द्र मिश्र ‘लाल’लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

सभा विथोल्नेक्रममा प्रहरीले लाठीचार्ज गर्दा केही समर्थकहरु घाइतेसमेत भएका छन्।

निर्वाचन विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell