PahiloPost

Jun 24, 2026 | १० असार २०८३

निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्भयकासाथ मतदानमा सहभागी हुन आयोगको आग्रह



पहिलोपोस्ट

निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्भयकासाथ मतदानमा सहभागी हुन आयोगको आग्रह

काठमाडौं :  निर्वाचन आयोगले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ।

आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनका सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ।

अशक्त, जेष्ठ नागरिकलगायतलाई प्राथमिकताका साथ मतदान गर्न दिने व्यवस्था मिलाउन निर्वाचनमा खटिएका पर्यवेक्षकलाई आयोगले आग्रह गरेको छ।

पहिलो चरणअन्तर्गत भोलि ३२ जिल्लामा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ। 

३२ जिल्लाका ७०२ जना उम्मेदवार चुनावी मैदानमा छन्। मतदानका लागि २ हजार ९ सय १९ मतदानस्थल र ४ हजार  ४ सय ६५ मतदान केन्द्र तोकिएको छ। ३१ लाख ९१ हजार ९४५ मतदाताले भोलि मतदान गर्दैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell