PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी, टोटनहम बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी, टोटनहम बराबरीमा रोकियो

लेविस डकले आत्मघाती गोल उपहार दिएपछि प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले ब्राइटन विरुद्व १-० को जित हात पारेको छ।

युनाइटेडको मैदानमा भएको खेलमा डकले ६६औँ मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले जित हात पारेको हो। युनाइटेडको एस्ले योङले प्रहार गरेको बल डकले आफ्नै पोष्टमा छिराएका थिए।

जितपछि १३ खेलबाट ३९ अंक जोडेको युनाइटेडले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ५ मा झारेको छ।

यस्तै ह्यारी केनले गोल फर्काएपछि बेस्टब्रोमसँग १-१ को बराबरी खेल्दै टोटनहमले अंक बाँडको छ। खेलको चौथो मनेटमै झोस सालोमन रान्डनले गोल गर्दै वेषटब्रोलाई अग्रता दिलाए थिए। तर केनले ६६औँ मिनेटमा गोल गर्दै टोटनहमलाई १ अंक दिलाए।

बराबरीपछि १३ खेलबाट २५ अंक रहेको टोटनहम चौथो स्थानमा यथावत छ।

प्रिमियर लिगकै अन्य खेलमा वाटफोर्डले न्यूकासल युनाइटेडलाई ३-० ले पराजित गर्दा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले हराउदै सिजनको दोस्रो जित हासिल गरेको छ।

यस्तै वेष्टहम र लेस्टर सिटीले १-१ तथा स्वान्सी सिटी र एएफसी बर्नमाउथले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell