
घरेलु मैदान सान्टियागो बर्माबेउमा क्रिस्टियानो रोनाल्डोले यस सिजनको पहिलो लिग गोल गरेपछि रियल मड्रिडले मालागालाई ३-२ ले पराजित गरेको छ।
रोनाल्डोले ७६औँ मिनेटमा प्रहार गरेको पेनाल्टी मालागाका गोलकिपरले बचाएपनि रिबाउण्ड बलमा रोनाल्डोले विजयी गोल गरे।
.@Cristiano scores his first #LaLiga goal of the season at the Bernabeu! ⚽️#RealMadridMalaga pic.twitter.com/wzMKvQcugU
— LaLiga (@LaLigaEN) November 25, 2017
त्यसअघि रियलका लागि करिम बेन्जामा र कासेमिरोले गोल गरेका थिए भने मालागाका लागि डिएगो रोलान र गोन्जालो कास्ट्रोले गोल फर्काएका थिए।
जितपछि १३ खेलबाट २७ अंक जोडेको रियल तेस्रो स्थानमा कायमै छ। १२ खेलबाट ३४ अंक जोडेको बार्सिलोना पहिलो तथा समान खेलबाट ३० अंक रहेको भ्यालेन्सिया दोस्रो स्थानमा छ। बार्सा र भ्यालेन्सियाबीच आइतबार खेल हुँदैछ।