PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

राजपा नेता शरतसिंह भण्डारीको निवास नजिकै बम विस्फोट



पहिलोपोस्ट

राजपा नेता शरतसिंह भण्डारीको निवास नजिकै बम विस्फोट

महोत्तरी: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीको घर अगाडि बम विस्फोट भएको छ। आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरी औरहीस्थित निवास अगाडि बम विस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घर अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको जनाएको छ। विस्फोटबाट कुनै किसिमको क्षति नभएको जनाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए।

जिल्लाको हरेक स्थानको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी उपरीक्षक कडायतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell