PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सोलुखुम्बुको ​​​​​​​ तिङ्लाका मतदाताले गरे मतदान बहिष्कार



पहिलोपोस्ट

सोलुखुम्बुको ​​​​​​​ तिङ्लाका मतदाताले गरे मतदान बहिष्कार

सोलुखुम्बु :  सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए। 

जिल्ला सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहान मतदाताको उपस्थिति न्यून देखिएको छ। चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहेपनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए। तल्लो क्षेत्रमा भने बिहानैबाट मतदाताको लाइन लागेको छ। 

यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक
तिङ्ला गाविसका मतदाता यतिबेलासम्म कोही पनि मतदानका लागि गएका छैनन्।

तिङ्लामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भएपनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell