PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

म्याग्दीको रघुगंगा गाउँपालिकामा ११२ वर्षीय खड्कबहादुर भण्डारीद्वारा मतदान



पहिलोपोस्ट

म्याग्दीको रघुगंगा गाउँपालिकामा ११२ वर्षीय खड्कबहादुर भण्डारीद्वारा मतदान

म्याग्दी :  म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। एक नगरपालिकासहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ। 

रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षका खड्कबहादुर भण्डारीले मतदान गरेका छन्। जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन्। 

म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन्। प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell