PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बिहान १० बजेसम्म २५ प्रतिशत मतदानः निर्वाचन आयोग



पहिलोपोस्ट

बिहान १० बजेसम्म २५ प्रतिशत मतदानः निर्वाचन आयोग

काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार ३२ जिल्लामा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिला गरी मतदान सुरु भएको छ । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ।

पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको हो। ३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्र तोकिएका छन्। 

पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ।  पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell