PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

क्लब 'डेजाभु'मा बलिउड गायिका मोनाली ठाकुर



पहिलोपोस्ट

क्लब 'डेजाभु'मा बलिउड गायिका मोनाली ठाकुर

काठमाडौं: बलिउडकी गायिका मोनाली ठाकुरले नेपालमा प्रस्तुति दिने भएकी छिन्। 'मोनाली ठाकुर लाइभ इन नर्पाल' नाम दिइएको सांगीतिक कार्यक्रमको लागि उनी नेपाल आउन लागेकी हुन्।

डिसेम्बर ९ तारिखमा हुने कार्यक्रमको लागि मोनाली डिसेम्बर दोस्रो साता काठमाडौं आइपुग्ने आयोजकले जनाएका छन्। कार्यक्रमलाई पर्फेक्ट प्लान इन्टरटेनमेन्टले आयोजना गरेको हो। मोनाली गायिका साथै नायिका पनि हुन्। उनले बंगाली फिल्महरु भ्रमर, लक्ष्मी, लाली लगायतमा अभिनय गरेकी छिन्।

मोह मोहके धागे, दम लगाकै हैस, ख्वालब देखे झुटे मुटे, सवार लो, छम छम, रघुपति रागव, जरा जरा टच मी उनका चर्चित गीतहरु हुन्। उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा पनि यीनै गीतहरु गाउने छिन्। मोनालीले बलिउडको दुई विशेष अवार्डहरु नेशनल अवार्ड र फिल्म फेयर अवार्ड समेत जितिसकेकी छिन्।

काठमाडौंको क्लब डेजा भू मा आयोजना हुने कार्यक्रममा अभिनेताहरु सलोन बस्नेत र आमेश भण्डारीले पनि प्रस्तुति दिने छन्। यी दुईले एक महिना अघि मात्र संयुक्त रुपमा गाएको म्युजिक भिडियो सार्वजनिक गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell