PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सिन्धुपाल्चोकमा ४० प्रतिशत मतदान



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा ४० प्रतिशत मतदान

चौतारा :  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ। 

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान दश बजेपछि मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए। 

बिहान शुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ। जिल्लाको शान्तिसुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ अश्मान तामाङले जानकारी दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell