PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रदेश २ मा मधेश सरकार निर्माण गर्न सके मधेशीको अधिकार सुनिश्चितः उपेन्द्र यादव 



पहिलोपोस्ट

प्रदेश २ मा मधेश सरकार निर्माण गर्न सके मधेशीको अधिकार सुनिश्चितः उपेन्द्र यादव 

राजविराज :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद, असामानता तथा भेदभाव अत्य नभएसम्म तराई–मधेसको विकास हुन नसक्ने बताएका छन्। 

सप्तरीको राजविराजमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले विकास निर्माणबाट सप्तरी जिल्ला हरेक क्षेत्रमा पछाडि परेको र यहाँको विकास नहुनुमा विभेद र असमानता कारण भएको बताए। 

यादवले भने,‘सप्तरी जिल्ला नेपालको तेस्रो पछाडि परेको जिल्ला हो, यहाँ खेतीबाहेक केही नभएका कारण अधिकांश युवा अहिले बेरोजगारीको चपेटामा छन्।’

सप्तरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार यादवले सप्तरीको विकास र बेरोजगारी समस्या समाधानका लागि आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दुई तिहाइ मतबाट प्रदेश नं २ मा मधेश सरकार निर्माण गर्न सकेमा प्रहरी प्रशासन, लोकसेवा र शिक्षक सेवामा मधेशीको अधिकार सुनिश्चित हुने बताए। 

नश्लवादी चिन्तनबाट बनाइएको संविधान आफूहरुको अधिकारका लागि नभएको भन्दै अध्यक्ष यादवले त्यसको पुनःलेखन र संशोधन गरी मधेशी, मुसलमान, जनजाति, पिछडिएका वर्ग, जाति भेदभाव र रङका आधारमा भइरहेको विभेद अत्य गर्न दुई तिहाइ मत दिन आग्रह गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell