PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रमुख निर्वाचन आयुक्तबाट मतदानको प्रत्यक्ष निगरानी, समस्या आए तत्काल सम्बोधन गर्ने



पहिलोपोस्ट

प्रमुख  निर्वाचन आयुक्तबाट मतदानको प्रत्यक्ष निगरानी, समस्या आए तत्काल सम्बोधन गर्ने

काठमाडौं :  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका छन्।

मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै आवश्यक निर्देशन दिने उद्देश्यले  आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उनीहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका आयोगले जनाएको छ। 

निरन्तररुपमा मतदान प्रगतिको जानकारी लिने र मतदानलाई  निष्पक्ष र स्वतन्त्ररुपमा सञ्चालन गराउनका लागि सम्बद्ध पदाधिकारीहरुलाई तत्कालै आवश्यक निर्देशन दिने कार्यसमेत प्रमुख निर्वाच आयुक्त तथा आयुक्तहरुबाट भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell