
काठमाडौं : धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।दिउँसो एक बजेसम्म धादिङमा ३५ प्रतिशत भन्दा बढी मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले दिउँसो १ बजेसम्म ३५ देखि ४० प्रतिशतको हाराहरीमा मदतान भएको पहिलोपोस्टलाई जानकारी दिए।
बिहान प्रतिनिधि नपुगेर केही स्थानमा ढिलो मतदान शुरु भएपनि अहिले सामान्य रुपमा मतदान भइरहेको कोइरालेले बताए। धादिङमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि मतदान भइरहेको छ।