काठमाडौ : पश्चिम रुकुमको बाफिकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको केन्द्रको मतपेटिकामा एक्कासी आगो लागेको छ।
बिहान करिव ११ बजेर ५५ मिनेटमा भोट हाल्न आएका एक युवकले मतपेटिका भित्र एसिड हालेका कारण मतपत्र जलेका जिल्ला प्रहरी कार्यालय रुकुममा प्रहरी निरीक्षक ऋषि ढुङगानाले जानकारी दिए।
उनले भने, ‘कसले किन एसिड हाल्यो र केमा बोकेर ल्याएको भन्ने अनुसन्धान भइरहेको छ।' २ सय ५० मत खसेपनि कति मतपत्र जले भन्ने खुल्न सकेको छैन।
घटना लगत्तै यस केन्द्रको मतदान स्थगित भइरहेको छ। मतदान के गर्ने भन्ने बिषयमा बैठक बसिरहेको प्रहरीले जनाएको छ। रुकुम जिल्लाको अर्को मतदान केन्द्रमा पनि मतदान स्थगित भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन एक हवाईफाइर गरेको ढुङ्गानाले बताए।