काठमाडौ : सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा झडप भएको छ। सिन्धुपाल्चोकको कालिका मावि र देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताए। स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखेलले बताए।