PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

२३ मतदाता रहेको उपल्लो डोल्पाको फोदगाउँ केन्द्रमा मतदान सम्पन्न, दुई मतदान केन्द्र सम्पर्कविहीन



पहिलोपोस्ट

२३ मतदाता रहेको उपल्लो डोल्पाको फोदगाउँ केन्द्रमा मतदान सम्पन्न, दुई मतदान केन्द्र सम्पर्कविहीन

डोल्पा :  उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन भएका छन्। 

उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। 

उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकास्थित २३ मतदाता भएको फोदगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell