PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

'गोलमाल ४' ब्लकबस्टर क्लबमा



पहिलोपोस्ट

'गोलमाल ४' ब्लकबस्टर क्लबमा

बलिउड फिल्म 'गोलमाल'को चौथो संस्करण 'गोलमाल अगेन'को प्रदर्शन भारत साथै अन्य केही देशमा निरन्तर चलिरहेको छ। प्रदर्शनमा आएको एक महिनासम्म पनि दर्शकको साथ पाइरहेको कमेडी जनराको फिल्म बल्कबस्टर लिस्टमा परेको छ। फिल्म वर्ष २०१७ को लागि २०० करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो।

फिल्म 'बाहुबली २' हिन्दी डबपछि सर्वाधिक ग्रस कलेक्शन गर्ने दोस्रो फिल्म बनेको हो। त्यस्तै तेस्रो नम्बरमा भने कमेडी जनराको अर्को फिल्म 'जुड्वा २' रहेको छ। दोस्रो र तेस्रो नम्बरमा रहेको गोलमाल ४ र जुड्वा २ दुबैलाई फिल्मको पुरानो संस्करणको ब्रान्ड भ्याल्युले पनि निकै साथ दिएको बलिउड समीक्षक तरण आदर्शले बताएका छन्।

तरणले गोलमाल अगेनको हालसम्मको ग्रस कलेक्शन बारे ट्विटरमार्फत जानकारी दिएका छन्। जसमा हालसम्म दुई सय चार करोड कमाएको उल्लेख गरिएको छ।



रोहित सेठ्ठीद्वारा निर्देशित फिल्म गोलमालमा अजय देवगण, परिणिती चोपडा, तुसार कपूर, अर्सद वार्सी, निल नितिन मुकेश, जोनी लिभर, कुनाल खेमु, प्रकाश राज लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell