PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी'



पहिलोपोस्ट

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी'

काठमाडौं: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' नियुक्त भएका छन्। कम्पनीले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरेको छ।

समझदारीपत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन्।

मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन्।

सिटिजन लाइफले कार्तिक २ गतेदेखि कारोबार थालेको थियो। कम्पनीका २५ शाखा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell