PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

उम्मेदवारमाथिको हमलाले मुलुकमा गृहमन्त्री नभएको अनुभूति : सुवास नेम्वाङ



पहिलोपोस्ट

 उम्मेदवारमाथिको हमलाले मुलुकमा गृहमन्त्री नभएको अनुभूति :  सुवास नेम्वाङ

काँकडभिट्टा :  नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचनको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद पनि लिएर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन्। 

झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले उम्मेदवारमाथिको हमलाले मुलुकमा गृहमन्त्री भएको अनुभूति नभएको बताए। 

उम्मेदवारको घरमा बम हान्ने र मतदातालाई त्रसित बनाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नेता नेम्वाङले सरकार चुनावलाई मर्यादित बनाउने भन्दा पनि भ्रमको खेती गर्न व्यस्त भएको दोषारोपण गरे। नेम्वाङले वामपन्थी सरकार निर्माण गरेर स्थिर सरकारमार्फत मुलुकको विकास गरिने जिकिर पनि गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell