PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कम्युनिष्ट अधिनायकवाद विरुद्ध फेरि लड्ने बेला आयो : बालकृष्ण खाँण



पहिलोपोस्ट

कम्युनिष्ट अधिनायकवाद विरुद्ध फेरि लड्ने बेला आयो : बालकृष्ण खाँण

काठमाडौँ :  नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कांग्रेसले पुनःएकपटक कम्युनिष्ट अधिनायकवादविरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन्। 

नेपाली कांग्रेस निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजना गरिएको साक्षात्कारमा समितिका संयोजक खाँणले अहिलेको निर्वाचन लोकतन्त्रवादी र वामपन्थीबीचको जनमत संग्रह भएको बताए। उनले वामपन्थी शक्तिबाट लोकतन्त्र खोसिनसक्ने र पुनःप्राप्तिका लागि कांग्रेसले संघर्ष गर्नुपर्ने बताए। 

खाँणले खोसिएको लोकतन्त्र जनताको हातमा फर्काउन पुनःकांग्रेसले केही समय संघर्ष गर्नुपर्ने भएकाले विभिन्न पेशा र व्यवसायमा आबद्ध अर्थशास्त्री, विश्वविद्यालयका पूर्वउपकूलपति, पूर्वप्रशासक, गभर्नर एवं पत्रकारलाई सजग र सतर्क रहन आग्रह गरे। 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले लोकतन्त्रमा मात्र विधिको शासन हुने बताए। 

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले अधिनायकवादी शासन व्यवस्था लागू भए मुलुकमा स्थापित उद्योग राज्यले निजीकरण गर्ने र व्यक्तिको आफ्नो निजी सम्पत्ति नहुने बताए। 

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र जनताका अधिकार सुनिश्चित हुने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell