काठमाडौं: युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संस्करणको आवेदन खुला भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक विज्ञप्तीमार्फत जानकारी दिएको हो।
शान्तिको सन्देशका लागि नर्सिङ पेशा रोजेका र अध्ययन गरिरहेकालाई पेशा र समाजप्रति थप उत्तर दायित्व बोध गराउने उदेश्यले विगत ६ वर्षदेखि नियमित प्रतियोगिता आयोजना गर्दै आएको आयोजकको दाबी छ। ‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो प्रतियोगिता स्वास्थ्य पेशासँग सम्बन्धित सौन्दर्य प्रतियोगितामा १६ वर्षदेखि २८ वर्षसम्मका कम्तिमा ५ फिट हाइट भएका अविवाहित युवतीले आवेदन भर्न सक्नेछन्।
आवेदन फारम नेक्स्ट मोडल्स् नेपालको अनामनगरस्थित कार्यलय तथा नेक्सट् मोडल डटकममा उपलब्ध छ। मंसिरको अन्तिम साता काठमाडौंमा हुने प्रारम्भिक चरणकमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाको अनुमान छ।
प्रतियोगिताका शिर्ष बिजेताले एक लाख नगद, नेपाल ब्रेस्टक्यान्सर फाउण्डेसनको गुडविल एम्बेसडर चयन साथै विभिन्न उपहार समेत जित्नेछन्। प्रतियोगितामा अन्य आधादर्जन विधामा समेत विजेता छानिने आयोजकले जानकारी दिए।