PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कोहलीले बनाए पाँचौ दोहोरो टेष्ट शतक



पहिलोपोस्ट

कोहलीले बनाए पाँचौ दोहोरो टेष्ट शतक

भारतिय कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा पाँचौ दोहोरो शतक प्रहार गरेका छन्। श्रीलंका विरुद्धको दोस्रो टेष्ट अन्तर्गत तेस्रो दिन नागपुरमा आइतबार कोहलीले २१३ रन बनाएका हुन्।

त्यसअघि शतक प्रहार गर्दै कोहलीले कप्तानको रुपमा एकै वर्ष १० शतक प्रहार गर्ने रेकर्ड बनाएका थिए।

कोहलीले गत वर्ष वेष्टइन्डिज विरुद्व पहिलो दोहोरो शतक प्रहार गरेका थिए भने त्यसयता न्यूजिल्याण्ड, इंगल्याण्ड र बंगलादेश विरुद्ध टेष्टमा दोहोरो शतक प्रहार गरेका थिए।

नागपुरमा कोहलीले चेतेश्वर पुजारासँग तेस्रो र रोहित शर्मासँग पाँचौ विकेटका लागि शतकिय साझेदारी समेत गरेका थिए। कोहलीको दोहोरो शतक, पुजारा र रोहितको शतकपछि भारतले तेस्रो दिन ६१०/६ मा पहिलो इनिङ्स डिक्लेर गरेको थियो।

पहिलो इनिङ्समा २१० रन मात्र बनाएको श्रीलंका समग्रमा ४०५ रनले पछि परेको छ। तेस्रो दिनै दोस्रो इनिङ्स शुरु गरेको श्रीलंकाले दिनको समाप्तीपछि ९ ओभरमा १ विकेट गुमाएर २१ रन बनाएकव छ भने अझै ३८४ रनले पछि छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell