PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

ताप्लेजुङका चार मतदान केन्द्रको मतपेटिका भोलिमात्र सदरमुकाम ल्याइने



पहिलोपोस्ट

ताप्लेजुङका चार मतदान केन्द्रको मतपेटिका भोलिमात्र सदरमुकाम ल्याइने

ताप्लेजुङ :  ताप्लेजुङका अतिदुर्गम क्षेत्रमा पर्ने चारवटा मतदान केन्द्रको मतपेटिका भोलिमात्र ल्याइने भएको छ। 

फक्ताङलोङ गाउँपालिका–६ ग्याब्ला प्रावि ग्याब्ला, घुन्सा मावि घुन्सा र सोही गाउँपालिका–७ को वडा कार्यालय गोला र याङ्मा आधारभूत विद्यालय याङ्माका गरी चारवटा केन्द्रका मतपेटिका भोलिमात्र ल्याइने भएको हो। 

भौगोलिक रुपमा विकट र झण्डै तीन दिनसम्मको पैदल दूरीमा रहेका ती केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए। 

अन्य नजिक केन्द्रका मतपेटिका आजै ल्याइने र बाँकी ठाउँका पनि भोलिसम्ममा सदरमुकाम पुर्याउने निर्वाचन अधिकृत कार्कीले बताए। 

भूगोलका आधारमा मुलुककै तेस्रो ठूलो ताप्लेजुङमा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य अधिकृत कार्कीले बताए। ७३ मतदानस्थल र ११४ मतदान केन्द्र निर्धारण गरिएको जिल्लामा ७८ हजार ३९७ मतदाता रहेका छन्। 

आठराई त्रिवेणी गाउँपालिका–३ मा पर्ने सरस्वती मावि मतदान केन्द्रमा दिउँसो प्रेशरकुकर बम फेला परेपछि करिब एक घण्टा मतदान स्थगित भएको थियो। बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेपछि पुनः मतदान भएको थियो। त्यस ठाउँमा साँझसम्म मतदान भएको थियो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell