
चितवन : बिपी पुत्र तथा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफ्ना पिता जिवित रहेको भए एमाले अध्यक्ष केपी शर्मा ओली अहिले कांग्रेस हुने बताएका छन्।
ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला बिपी, गणेशमानलगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आइतबार नवलपुरमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले देशव्यापीरुपमा अहिले कांग्रेस प्रवेशको लहर आएको बताए।
कोइराला नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन्। दैनिक सयौँको संख्यामा अन्य पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेको भन्दै उनले यसले आफूलाई उत्साहित बनाएको पनि बताए।
वाम गठबन्धनले अहिले नै देशमा अधिनायकवाद ल्याउन नसक्ने भन्दै महामन्त्री कोइरालाले भने“उनीहरुले दुई तिहाइ पुर्याउन सक्दैनन्।”
वाम गठबन्धनले बढी मत पाएमा आउँदा दिनमा त्यो खतरा रहेको भन्दै उनले वाम गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको बताए।रासस